Like us!
Follow us!

लाभांश पारित गर्न अरुण काबेलीले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

लाभांश पारित गर्न अरुण काबेलीले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

लगानी खबर, काठमाडौँ - अरुण काबेली पावर लिमिटेडले १०औं वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

कम्पनीकाे हिजाे (कार्तिक २७ गते, बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे दशाैँ वार्षिक साधारण सभा मंसिर २२ गते साेमबार, कम्पनीको सभाकक्ष, ट्रेड टावर, दोस्रो तल्ला, थापाथली, काठमाडौंमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।

सभामा कम्पनीका शेयरधनीहरूलाई ५.७१ प्रतिशत बोनस शेयर र ०.२९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरीनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि मंसिर १२ गतेदेखि मंसिर २१ गतेसम्म बुकक्लोज गर्ने भएकाे छ । त्यसैले, मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fae48621e73f.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।