Like us!
Follow us!

१५.७१ प्रतिशतले घट्यो सनराइज बैंकको नाफा, वितरणयाेग्य नाफा पनि ऋणात्मक ! (विवरणसहित)

१५.७१ प्रतिशतले घट्यो सनराइज बैंकको नाफा, वितरणयाेग्य नाफा पनि ऋणात्मक ! (विवरणसहित)

लगानी खबर, काठमाडौँ - सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंककाे नाफासँगै अधिकांश सूचकहरूमा गिरावट देखिएकाे छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ३८ करोड २९ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा १५.७१ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ४५ करोड ४३ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । यस्तै, बैंकको वितरणयोग्य नाफा २४ करोड ९६ लाख रुपैयाँले ऋणात्मक रहेको छ।

पहिलो त्रैमासमा बैंककाे खुद व्याज आम्दानी १५.६७ प्रतिशतले घटेर ९२ करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले १ अर्ब १० करोड रूपैयाँ खुद व्याज आम्दानी गरेकाे थियाे ।

त्यसैगरी, बैंकको सञ्चालन मुनाफा पनि १५.७१ प्रतिशतले घटेर ५४ करोड ७१ लाख १० हजार रुपैयाँमा झरेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ६४ करोड ५७ लाख ९५ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेकाे थियाे ।

त्यस्तै, बैंककाे चुक्ता पूँजी ८ अर्ब ९६ करोड रुपैयाँ, जगेडा कोषमा ४ अर्ब ६ करोड रुपैयाँ, प्रतिशेयर आम्दानी १७ रुपैयाँ ०८ पैसा र प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ९२ पैसा रहेकाे छ । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

5fae4225e1c57.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।