Like us!
Follow us!

लुम्बिनी जनरल इन्स्योरेन्सले पठायाे बोनस, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

लुम्बिनी जनरल इन्स्योरेन्सले पठायाे बोनस, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

लगानी खबर, काठमाडौँ - लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गरेकाे छ ।

कम्पनीको असार २४ गते सम्पन्न भएकाे पन्ध्राैँ वार्षिक साधारण सभाले पारित गरेकाे ८.१२५ प्रतिशत बाेनस शेयर असार ७ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे सम्बन्धित हितग्राही खातामा जम्मा गरिएकाे कम्पनीले जनाएकाे छ । कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा पनि सूचीकृत भइसकेको छ । 

त्यसैगरी, कम्पनीले हालसम्म आफ्नाे शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी आफ्नाे बाेनस प्राप्त गर्नका लागि आग्रह गरेकाे छ । कम्पनीकाे शेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनी​ले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

5fae3d11631eb.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।