Like us!
Follow us!

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा घट्दा अधिकांश सूचक प्रभावित ! (विवरणसहित)

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा घट्दा अधिकांश सूचक प्रभावित ! (विवरणसहित)

लगानी खबर, काठमाडौँ - नेपाल एसबिआई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंककाे नाफा घट्दा अधिकांश सूचकहरूमा प्रभाव परेकाे छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ६२ करोड ३८ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा २६.१२ प्रतिशत अर्थात् २२ करोड ६ लाख रुपैयाँले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ८४ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।  

पहिलो त्रैमासमा बैंकले १ अर्ब ६३ करोड रूपैयाँ खुद व्याज आम्दानी गरेकाे छ । उक्त रकम गत वर्षकाे सोही अवधिको तुलनामा ६.९४ प्रतिशत धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले १ अर्ब ५२ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियो । त्यसैगरी, बैंकको सञ्चालन मुनाफा पनि ८४.०९ प्रतिशतले घटेर ८९ करोड ११ लाख रुपैयाँमा झरेको छ । 

त्यस्तै, बैंककाे चुक्ता पूँजी १४ अर्ब २४ करोड ८९ लाख रुपैयाँ, जगेडा कोषमा १२ अर्ब १ करोड ५४ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी १७ रुपैयाँ ५१ पैसा र प्रतिशेयर नेटवर्थ १९७ रुपैयाँ ३८ पैसा रहेकाे छ । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

5fae36d2de149.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।