Like us!
Follow us!

५४.१४ प्रतिशतले घट्यो नेपाल एसबिआई बैंकको नाफा, अन्य सूचक कस्ता ? (विवरणसहित)

५४.१४ प्रतिशतले घट्यो नेपाल एसबिआई बैंकको नाफा, अन्य सूचक कस्ता ? (विवरणसहित)

लगानी खबर, काठमाडौँ - नेपाल एसबिआई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंककाे नाफासँगै अधिकांश सूचकहरूमा गिरावट देखिएकाे छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले २० करोड ५ लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ५४.१४ प्रतिशत अर्थात् २३ करोड ६७ लाख रुपैयाँले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ४३ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।  

पहिलो त्रैमासमा बैंककाे खुद व्याज आम्दानी ४२.२२ प्रतिशतले घटेर ५९ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ । त्यसैगरी, बैंकको सञ्चालन मुनाफा पनि ५४.२६ प्रतिशतले घटेर २८ करोड ५४ लाख रुपैयाँमा झरेको छ । 

त्यस्तै, बैंककाे चुक्ता पूँजी ८ अर्ब ९५ करोड ६२ लाख रुपैयाँ, जगेडा कोषमा ४ अर्ब ५८ करोड ३४ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी ८ रुपैयाँ ९५ पैसा र प्रतिशेयर नेटवर्थ १६७ रुपैयाँ २७ पैसा रहेकाे छ । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

5fae29a92936c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।