Like us!
Follow us!

एनएमबि बैंकको नाफा १६९.६२ प्रतिशतले बढ्यो : यस्तो छ कारण ! (विवरणसहित)

एनएमबि बैंकको नाफा १६९.६२ प्रतिशतले बढ्यो : यस्तो छ कारण ! (विवरणसहित)

लगानी खबर, काठमाडौँ - एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंककाे अधिकांश सूचकहरूमा चमक देखिएकाे छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ७३ करोड २९ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा १६९.६२ प्रतिशत अर्थात ४६ करोड ११ लाख रुपैयाँले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले २७ करोड १८ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । बैंकको खुद व्याज आम्दानी बढेसँगै इम्पेरिमेन्ट चार्ज घटेका कारण खुद नाफा बढ्न मद्दत पुगेकाे हाे ।

यसैगरी, पहिलो त्रैमासमा बैंकले १ अर्ब ३५ करोड ७१ लाख ६० रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा १३ करोड ३५ लाख रुपैयाँले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले १ अर्ब २२ करोड ३६ लाख ५४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

त्यसैगरी, पहिलो त्रैमासमा बैंकले १ अर्ब ५ करोड ४० लाख १० हजार रुपैयाँ सञ्चालन मुनाफा गरेकाे छ । उक्त मुनाफा रकम गत वर्षकाे यसै अवधिकाे तुलनामा ६४ करोड ८३ लाख रुपैयाँले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ४० करोड ५६ लाख १६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेकाे थियाे ।

त्यस्तै, बैंककाे चुक्ता पूँजी १४ अर्ब ४४ करोड ७७ लाख रुपैयाँ, जगेडा कोषमा ५ अर्ब ३५ करोड ७७ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी २० रुपैयाँ ५८ पैसा र प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ २ पैसा रहेकाे छ । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

5fae1d3f0b66c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।