Like us!
Follow us!

पूर्वमन्त्री बस्नेतलाई पितृशोक

पूर्वमन्त्री बस्नेतलाई पितृशोक

लगानीखबर काठमाडौं,  नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई पितृशोक परेको छ । उहाँका पिता खड्गबहादुर बस्नेतको ८४ वर्षको उमेरमा गए राति त्रिविवि शिक्षण अस्पताल,मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको हो । 

उहाँ लामो समयदेखि प्यारालाइसिसबाट पीडित हुनुहुन्थ्यो । उहाँको शव आजै गृहजिल्ला बाह्रबिसे ल्याइ र दाहसंस्कार गरिने काँग्रेसका स्थानीय नेता युधिर पौडेलले जानकारी दिनुभयो ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।