Like us!
Follow us!

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

लगानी खबर, काठमाडौं – साताकाे अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा सुनकाे मूल्यले उकालाे यात्रा तय गरेकाे छ ।

शुक्रबार सुनकाे मूल्य ताेलामा ५ सय रुपैयाँले बढेर  प्रतितोला ९५ हजार २ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, शुक्रबार तेजावी सुनको मूल्य पनि ताेलाकाे ५ सय रुपैयाँले नै बढेर प्रतितोला ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, शुक्रबार चाँदीकाे मूल्य भने स्थिर रहेकाे छ ।  शुक्रबार पनि चाँदी प्रतिताेला एक हजार २ सय २० रूपैयाँ नै कायम रहेको महासंघले बताएकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।