लगानी खबर, काठमाडौँ - सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंककाे नाफासँगै अधिकांश सूचकहरूमा गिरावट देखिएकाे छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले २२ करोड २ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ४०.६० प्रतिशत अर्थात् १५ करोड ५ लाख रुपैयाँले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ३७ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।
पहिलो त्रैमासमा बैंककाे खुद व्याज आम्दानी १४.३५ प्रतिशत अर्थात् ११ करोड २० लाख रुपैयाँले घटेर ६६ करोड ८४ लाख रुपैयाँमा सीमित भएको छ । त्यसैगरी, बैंकको सञ्चालन मुनाफा पनि ४०.९६ प्रतिशत अर्थात् २१ करोड ३५ लाख रुपैयाँले घटेर ३० करोड ७६ लाख रुपैयाँमा झरेको छ । बैंककाे वितरण योग्य नाफा पनि ११ करोड ६१ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
त्यस्तै, बैंककाे चुक्ता पूँजी ८ अर्ब ४१ करोड ५४ लाख रुपैयाँ, जगेडा कोषमा १ अर्ब ८९ करोड ४० लाख रुपैयाँ, प्रतिशेयर आम्दानी १० रुपैयाँ ४७ पैसा र प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ६४ पैसा रहेकाे छ ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।