लगानी खबर, काठमाडाैं - नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा २२ करोड ९० लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा १२.०२ प्रतिशतले धेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले २० करोड ४४ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे थियाे ।
यसैगरी, पहिलो त्रैमासमा कम्पनीले ८ अर्ब ९२ करोड ५१ लाख ५२ हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा १४.१६ प्रतिशतले धेरै हाे । गत वर्षकाे यही अवधीमा कम्पनीले ७ अर्ब ८१ करोड ८३ लाख ९३ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।
कम्पनीकाे जीवन बिमा कोषको आकार पनि ३१.०९ प्रतिशतले बढेर ९४ अर्ब ८२ करोड १३ लाख ६३ हजार रुपैयाँ पुगेको छ । गत वर्षकाे यही अवधीमा कम्पनीकाे जीवन बिमा कोषमा ७२ अर्ब ३३ करोड ३० लाख ९५ हजार रुपैयाँ थियाे ।
त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी ५ अर्ब ४९ करोड ६१ लाख ६० हजार रुपैयाँ र जगेडा कोषमा ३ अर्ब ६६ करोड ७२ लाख १२ हजार रूपैयाँ रहेकाे छ । कम्पनीकाे प्रतिशेयर आम्दानी १६ रुपैयाँ ६७ पैसा र प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ७९ पैसा रहेको छ ।
कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।