Like us!
Follow us!

आइपिओ ल्याउन लागेको सिईडिबि हाईड्रोपावरको साधारण सभा आज हुँदै : यस्ता छन् पारित हुने एजेन्डा !

आइपिओ ल्याउन लागेको सिईडिबि हाईड्रोपावरको साधारण सभा आज हुँदै : यस्ता छन् पारित हुने एजेन्डा !

लगानी खबर, काठमाडौँ - सिईडिबि हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडकाे वार्षिक साधारण सभा आज (कार्तिक २८ गते शुक्रबार) हुँदैछ ।

कम्पनीको कार्तिक ६ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे वार्षिक साधारण सभा  कम्पनीकाे रजिष्टर्ड कार्यालय, त्रिपुरेश्वर, काठमाडाैँमा दिउँसाेकाे ३:३० बजेबाट सुरू हुनेछ । 

त्यसैगरी, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७४/ ७५ र आर्थिक वर्ष २०७५/ ७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७५/ ७६ को लाभांश पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

त्यस्तै, कम्पनीले २५ लाख १८ हजार २ सय ३० कित्ता साधारण शेयर  (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७४ साल असार २७ गते सेबाेनमा निवेदन पेश गरेकाे छ । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ । 

कम्पनी​ले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f92a127469cf.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।