Like us!
Follow us!

माउन्टेन इनर्जीको आइपिओमा कति पर्यो आवेदन ? यस्तो छ पछिल्लो अपडेट !

माउन्टेन इनर्जीको आइपिओमा कति पर्यो आवेदन ? यस्तो छ पछिल्लो अपडेट !

लगानी खबर, काठमाडौँ - माउन्टेन इनर्जी नेपाल लिमिटेडले साधारण शेयर (आइपिओ) निष्कासन गरेकाे आज दाेश्राे दिन रहेकाे छ ।

दाेश्राे दिन बेलुका ५ बजेसम्ममा २ लाख ७८ हजार ६ सय १६ जना आवेदकले ६२ लाख २५ हजार ४ सय १० कित्ताकाे लागि आवेदन  दिएका सीडीएसले जानकारी दिएकाे छ । 

कम्पनीले हिजाे (कात्तिक २६ गते, बुधबार) देखि सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्कासन गरेकाे थियाे। जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोष र बाँकी १८ लाख ३० हजार २६५ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गरेको हो । लगानीकर्ताले यस आइपिओमा छिटोमा मंसिर २ गते मंगलबार र ढिलोमा मंसिर १० गते बुधबारसम्म आवेदन दिन सक्नेछन् । 

कम्पनीकाे आइपिओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र सीबीआईएल क्यापिटल लिमिटेडले गरेका छन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।