लगानी खबर, काठमाडौँ - अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीकाे नाफामा उल्लेख्य सुधार देखिएकाे छ ।
पहिलाे त्रैमासमा कम्पनीले ३ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा १४१.१८ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले १ करोड ३६ लाख रूपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।
कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी ६६ लाख ४१ हजार रुपैयाँबाट बढेर ३ करोड ३७ लाख पुगेको छ । त्यसैले, नाफामा उल्लेख्य सुधार हुन मद्दत पुगेकाे हाे ।
यसैगरी, पहिलाे त्रैमासमा कम्पनीले विद्युत बिक्री मार्फत् एक करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको छ । उक्त आम्दानी गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा ३४.७१ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिसम्ममा कम्पनीले विद्युत बिक्रीबाट २ करोड ३ लाख रूपैयाँ आम्दानी गरेको थियाे ।
त्यसैगरी, कम्पनीकाे चुक्ता पूँजी ९९ करोड ८३ लाख रुपैयाँ र जगेडा कोषमा ११ करोड १८ लाख रूपैयाँ रहेकाे छ । पहिलाे त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी १३ रुपैयाँ १९ पैसा छ । कम्पनीकाे प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ २० पैसा रहेकाे छ ।
कम्पनीले सार्वजनिक गरेकाे पहिलाे त्रैमासको वित्तीय विवरण यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।