Like us!
Follow us!

नेशनल माइक्रोफाइनान्सको नाफा घट्यो, प्रतिशेयर आम्दानी कति ? (विवरणसहित)

नेशनल माइक्रोफाइनान्सको नाफा घट्यो, प्रतिशेयर आम्दानी कति ? (विवरणसहित)

लगानी खबर, काठमाडौँ - नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा संस्थाले ४ करोड ८ लाख ६० हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा २.७२ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ४ करोड २० लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

पहिलो त्रैमासमा संस्थाले ८ करोड ६७ लाख ९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ९६ हजार रुपैयाँले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले  ८ करोड ६८ लाख ५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

त्यसैगरी, पहिलो त्रैमासमा संस्थाकाे सञ्चालन मुनाफा पनि २.७२ प्रतिशतले घटेर ६ करोड ४८ लाख ५७ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ६ करोड ६६ लाख ७३ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेकाे थियाे ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी २६ करोड ४० लाख ४५ हजार रुपैयाँ, जगेडा कोषमा २५ करोड ३५ लाख ९२ हजार रुपैयाँ, प्रतिशेयर आम्दानी ६० रुपैयाँ ७३ पैसा र प्रतिशेयर नेटवर्थ १९६ रुपैयाँ ०४ पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

5fad08fbafc62.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।