लगानी खबर, काठमाडौँ - आज (बिहीबार) शेयर बजारले उकालाे यात्रा तय गरेकाे छ । बिहीबार शेयर बजार दाेहाेराे अंकले बढेकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक १०.८२ अंकले बढेर एक हजार ७१८.४९ मा पुगेकाे छ । नेप्से ०.६३ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ३.२७ अंकले बढेर ३३८.८९ मा पुगेको छ ।
कूल १९८ वटा कम्पनीकाे एक कराेड २३ लाख ३५ हजार ५ सय ५६ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब २५ करोड ६४ लाख ७५ हजार ८ सय ९१ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये बिहीबार ५ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे शेयर घटेकाे छ ।
हेराैं आजकाे शेयर तालिका :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।