लगानी खबर, काठमाडाैं - अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा ५ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा ५८८.३१ प्रतिशतले धेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले ७७ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेकाे थियाे ।
यसैगरी, पहिलो त्रैमासमा कम्पनीले ११ करोड ५६ लाख रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा ४५.४० प्रतिशतले धेरै हाे । गत वर्षकाे यही अवधीमा कम्पनीले ७ करोड ९५ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।
कम्पनीकाे जीवन बिमा कोषको आकार पनि बढेर ८ करोड ८१ लाख रुपैयाँ पुगेको छ । गत वर्षकाे यही अवधीमा कम्पनीकाे जीवन बिमा कोषमा ३ करोड २० लाख रुपैयाँ थियाे ।
त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी एक अर्ब रुपैयाँ र जगेडा कोषमा ६ करोड ९३ लाख रुपैयाँ रहेकाे छ । कम्पनीकाे प्रतिशेयर आम्दानी ५ रुपैयाँ ३० पैसा र प्रतिशेयर नेटवर्थ ११६ रुपेयाँ ७२ पैसा रहेको छ ।
कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।