Like us!
Follow us!

सिभिल लघुवित्तको नाफामा गिरावट, अन्य सूचक कस्ता छन् ? (विवरणसहित)

सिभिल लघुवित्तको नाफामा गिरावट, अन्य सूचक कस्ता छन् ? (विवरणसहित)

लगानी खबर, काठमाडौँ - सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाकाे नाफामा गिरावट देखिएकाे छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा संस्थाले ४० लाख ६९ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा १०.९४ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ४५ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

पहिलो त्रैमासमा संस्थाले २ करोड ३६ लाख ७७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ६.६० प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले २ करोड २२ लाख ११ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

त्यसैगरी, पहिलो त्रैमासमा संस्थाले ६३ लाख ९४ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेकाे छ । उक्त नाफा रकम गत वर्षकाे यसै अवधिकाे तुलनामा ४.५७ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ६१ लाख १४ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेकाे थियाे ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी २२ करोड ४९ लाख ९० हजार रुपैयाँ, जगेडा कोषमा ३ करोड ७० लाख ३१ हजार रुपैयाँ, प्रतिशेयर आम्दानी ८ रुपैयाँ ९६ पैसा र प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ९७ पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

5facf5799d3c0.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।