लगानी खबर, काठमाडौँ - अरुण काबेली पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीकाे नाफासँगै अधिकांश सूचकमा व्यापक सुधार देखिएकाे छ ।
पहिलाे त्रैमासमा कम्पनीले ११ करोड ३५ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनी ४३ करोड ९३ लाख रुपैयाँ नाेक्सानमा रहेकाे थियो । कम्पनीले ५ मेगावाटको काबेली बी १ जलविद्युत आयोजना निर्माण सम्पन्न भई व्यावसायिक उत्पादन थालेकाे हुनाले कम्पनीकाे नाफामा व्यापक वृद्धि भएकाे हाे ।
यसैगरी, पहिलाे त्रैमासमा कम्पनीले बिजुली बेचेर २२ करोड ५२ लाख रूपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षकाे यसै अवधिसम्ममा कम्पनीले विद्युत बिक्रीबाट कुनै आम्दानी आम्दानी गरेको थिएन । विद्युत बिक्रीबाट भएकाे आम्दानीले गर्दा पनि नाफा बढ्न मद्दत पुगेकाे हाे ।
गत आर्थिक वर्षकाे यसै अवधिसम्ममा ५० हजार रुपैयाँ ऋणात्मक रहेको सञ्चालन मुनाफा पनि हाल २० करोड ९९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, असाेज मसान्तसम्ममा कम्पनीले अन्य स्रोतबाट १ लाख ८० हजार रूपैयाँ आम्दानी गरेकाे छ ।
त्यसैगरी, कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ र जगेडा कोषमा २० करोड ६० लाख रूपैयाँ रहेकाे छ । पहिलाे त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी ३० रुपैयाँ २८ पैसा पुगेकाे छ । कम्पनीकाे प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ७३ पैसा रहेकाे छ ।
कम्पनीले सार्वजनिक गरेकाे पहिलाे त्रैमासको वित्तीय विवरण यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।