लगानी खबर, काठमाडाैं - एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा ९ करोड ४० लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा १३३.७६ प्रतिशतले धेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले ४ करोड २ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।
यसैगरी, पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ४५ करोड ६० लाख रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा ६३.८५ प्रतिशतले धेरै हाे । गत वर्षकाे यही अवधीमा कम्पनीले ८८ करोड ८६ लाख ५९ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे । कम्पनीकाे जीवन बिमा कोषको आकार पनि १७ अर्ब ९४ करोड रुपैयाँबाट बढेर २३ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी २ अर्ब १ करोड ७ लाख ६० हजार रुपैयाँ र जगेडा कोषमा ६३ करोड १७ लाख ८ हजार रूपैयाँ रहेकाे छ । कम्पनीकाे प्रतिशेयर आम्दानी १८ रुपैयाँ ७१ पैसा र प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ९३ पैसा रहेको छ ।
कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।