Like us!
Follow us!

फरवार्ड माइक्रोफाइनान्सको संस्थापक शेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति ?

फरवार्ड माइक्रोफाइनान्सको संस्थापक शेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति ?

लगानी खबर, काठमाडौँ - आरएमडिसी लघुवित्तले आफ्नो स्वामित्वमा रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक समूहकाे शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएकाे छ । संस्थाले ३ लाख ७५ हजार ३ सय ७ दशमलव ५७ कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य ९ सय ५३ रूपैयाँ ३६ पैसामा बिक्री गर्ने भएकाे हाे ।

लिलामीको शेयरमा पहिलो प्राथमिकता हाल रहेका संस्थापक शेयरधनीलाई र त्यसपछि मात्र अन्य व्यक्ति, संस्थालाई दिइने संस्थाले जानकारी दिएकाे छ । उक्त शेयरहरू खरिद गर्न इच्छुक संस्थापकहरूले मंसिर ४ गतेदेखि पुष ८ गतेसम्म बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडाैँमा आइपुग्ने गरि आवेदन पेश गर्न सक्नेछन् ।

त्यसैगरी, आवेदन दिँदा न्युनतम एक हजार कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिने छ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5facdd2af2f46.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।