लगानी खबर, काठमाडौँ - नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंककाे नाफामा गिरावट देखिएकाे छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १८ करोड १ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा १२.३९ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले २० करोड ५६ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । बैंकले बैंकको खुद व्याज आम्दानी र सञ्चालन मुनाफा दुवै घटेकाे हुनाले नाफा पनि घट्न पुगेकाे हो ।
पहिलो त्रैमासमा बैंककाे खुद व्याज आम्दानी ९.२४ प्रतिशतले घटेर २८ करोड ३५ लाख ८५ हजार रुपैयाँमा आएको छ । त्यसैगरी, असाेज मसान्तसम्ममा बैंककाे सञ्चालन मुनाफा पनि ११.८९ प्रतिशतले घटेर २५ करोड ७६ लाख ४२ हजार रुपैयाँमा सीमित भएको छ ।
त्यस्तै, बैंककाे चुक्ता पूँजी १२ अर्ब रुपैयाँ, जगेडा कोषमा १ अर्ब ८१ करोड ४७ लाख रुपैयाँ र प्रतिशेयर आम्दानी ६ रुपैयाँ रहेकाे छ ।
बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्ने तयारी गरिरहेकाे छ ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।