Like us!
Follow us!

मिर्मिरे लघुवित्तले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?

मिर्मिरे लघुवित्तले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?

लगानी खबर, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश घाेषणा गरिएकाे छ ।

संस्थाकाे हिजाे (कार्तिक २६ गते, बुधबार) बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १२ प्रतिशत बोनस शेयर र ०.६३ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १२.६३ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5facbe674cf58.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।