Like us!
Follow us!

बैंक अफ काठमाण्डूको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका !!

बैंक अफ काठमाण्डूको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका !!

लगानी खबर, काठमाडौँ - बैंक अफ काठमाण्डू लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (कात्तिक २६ गते, बिहीबार) अन्तिम दिन रहेकाे छ ।

बैंकले साधारण सभा प्रयाेजनका लागि भाेलि (कार्तिक २८ गते, शुक्रबार) देखि मंसिर १५ गते, साेमबारसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (कात्तिक २६ गते, बिहीबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंककाे कार्तिक २० गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे २६औं वार्षिक साधारण सभा मंसिर १५ गते, साेमबार बैंककाे प्रधान कार्यालय, कमलपोखरी, काठमाडौंमा भिडियाे कन्फ्रेन्स मार्फत सञ्चालन हुनेछ ।

सभामा बैंककाे असाेज १४ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ काे सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद (कर सहित) गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।