Like us!
Follow us!

गुराँस लाइफ इन्स्योरेन्सको नाफासँगै बढ्यो बीमाशुल्क ! (विवरणसहित)

गुराँस लाइफ इन्स्योरेन्सको नाफासँगै बढ्यो बीमाशुल्क ! (विवरणसहित)

लगानी खबर, काठमाडाैं - गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा ४ करोड २७ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा  एक करोड ८ लाख रुपैयाँले धेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले ३ करोड १९ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे थियाे ।

यसैगरी, पहिलो त्रैमासमा कम्पनीले ९६ करोड २६ लाख ४० हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा ११४.६२ प्रतिशतले धेरै हाे । गत वर्षकाे यही अवधीमा कम्पनीले ४४ करोड ८५ लाख २० हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

कम्पनीकाे जीवन बिमा कोषको आकार पनि ४१.८७ प्रतिशतले बढेर ८ अर्ब ७ करोड ४६ लाख ४५ हजार रुपैयाँ पुगेको छ ।  गत वर्षकाे यही अवधीमा कम्पनीकाे जीवन बिमा कोषमा ५ अर्ब ६९ करोड १२ लाख ३० हजार रुपैयाँ थियाे ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी एक अर्ब ८७ करोड ७० लाख रुपैयाँ, जगेडा कोषमा ५६ करोड ६२ लाख रूपैयाँ र जीवन बीमा कोषमा ८ अर्ब ५० करोड ५ लाख रुपैयाँ रहेकाे छ । कम्पनीकाे प्रतिशेयर आम्दानी ९ रुपैयाँ ११ पैसा र प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ८२ पैसा रहेको छ ।

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

5faca02a96ea2.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।