Like us!
Follow us!

पहिलो त्रैमासमा ग्लोबल आइएमई बैंकको प्रगति : नाफा ४०.५८% वृद्धि हुँदा अधिकांश सूचकमा चमक ! (विवरणसहित)

पहिलो त्रैमासमा ग्लोबल आइएमई बैंकको प्रगति : नाफा ४०.५८% वृद्धि हुँदा अधिकांश सूचकमा चमक ! (विवरणसहित)

लगानी खबर, काठमाडौँ - ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंककाे अधिकांश सूचकहरूमा चमक देखिएकाे छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब ५ करोड ८८ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ४०.५८ प्रतिशत अर्थात ३० करोड ५६ लाख रुपैयाँले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ७५ करोड ३१ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

पहिलो त्रैमासमा बैंकले २ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ६५.७५ प्रतिशले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले १ अर्ब ५६ करोड ४७ लाख २७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

त्यसैगरी, पहिलो त्रैमासमा बैंकले १ अर्ब ४७ करोड ५२ लाख ८६ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेकाे छ । उक्त मुनाफा रकम गत वर्षकाे यसै अवधिकाे तुलनामा ४१.५३ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले १ अर्ब ४ करोड २३ लाख ७४ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेकाे थियाे ।

त्यस्तै, बैंककाे चुक्ता पूँजी १८ अर्ब ९७ करोड ५८ लाख ८० हजार रुपैयाँ, जगेडा कोषमा ९ अर्ब २६ करोड ७१ लाख ७६ हजार रुपैयाँ, प्रतिशेयर आम्दानी २२ रुपैयाँ ३२ पैसा र प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ५९ पैसा रहेकाे छ । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

5fac96a2ef33f.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।