Like us!
Follow us!

ग्लोबल आइएमई बैंकद्वारा टिच फर नेपाललाई ८ लाख सहयोग !

ग्लोबल आइएमई बैंकद्वारा टिच फर नेपाललाई ८ लाख सहयोग !

लगानी खबर, काठमाडौँ - ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टिच फर नेपालद्वारा सञ्चालित टिच फर नेपाल फेलोसिप कार्यक्रमलाई ८ लाख रूपैयाँ सहयोग प्रदान गरेको छ ।

उक्त सम्झौता पत्रमा बैंकका बजार तथा व्यवसाय प्रवर्द्धन विभाग प्रमुख शान्ता शिवाकोटी र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले एक कार्यक्रमबीच हस्ताक्षर गरेका हुन् । 

त्यसैगरी, कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका बजार तथा व्यवसाय प्रवर्द्धन विभाग प्रमुख शिवाकोटीले यस्ता सामाजिक कार्यमा ग्लोबल आइएमई बैंक सदा अग्रसर रहेको जानकारी गराइन् । यस्तै, टिच फर नेपालको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले टिच फर नेपाल फेलोसिपलाई आर्थिक सहयोग प्रदान गरिएकोमा ग्लोबल आइएमई बैंक लिमिटेडलाई धन्यवाद व्यक्त गरिन् । 
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।