Like us!
Follow us!

गुडविल फाइनान्सको नाफा १३९ प्रतिशतले बढ्दा चम्किए अधिकांश सूचक ! (विवरणसहित)

गुडविल फाइनान्सको नाफा १३९ प्रतिशतले बढ्दा चम्किए अधिकांश सूचक ! (विवरणसहित)

लगानी खबर, काठमाडौँ - गुडविल फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार नाफासँगै फाइनान्सकाे अधिकांश सूचकमा चमक देखिएकाे छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा फाइनान्सले २ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा १३९.२३ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा फाइनान्सले १ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

पहिलो त्रैमासमा फाइनान्सकाे खुद व्याज आम्दानी भने घटेकाे छ । असाेज मसान्तसम्ममा फाइनान्सकाे खुद व्याज आम्दानी ७ करोड ४५ लाख रुपैयाँबाट घटेर ६ करोड २१ लाख रुपैयाँमा सिमित भएकाे छ ।

त्यसैगरी, पहिलो त्रैमासमा फाइनान्सले ४ करोड १३ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेकाे छ । उक्त मुनाफा रकम गत वर्षकाे यसै अवधिकाे तुलनामा १४३.२४ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा फाइनान्सले १ करोड ६९ लाख रूपैयाँ सञ्चालन मुनाफा गरेकाे थियाे ।

त्यस्तै, फाइनान्सकाे चुक्ता पूँजी ८० करोड रुपैयाँ, जगेडा कोषमा ३८ करोड ५८ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी १४ रुपैयाँ ५८ पैसा र प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ३ पैसा रहेकाे छ । 

फाइनान्सले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

5faba7deb15ce.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।