लगानी खबर, काठमाडौँ - स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाकाे नाफामा गिरावट देखिएकाे छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा संस्थाले २२ लाख ५८ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा ५८.९९ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ५५ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।
पहिलो त्रैमासमा संस्थाले १ करोड ४३ लाख १४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ५७ हजार रुपैयाँले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १ करोड ४२ लाख ५७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।
त्यसैगरी, पहिलो त्रैमासमा सञ्चालन नाफामा पनि गिरावट देखिएकाे छ । संस्थाकाे सञ्चालन मुनाफा ११ लाख ८४ हजार रुपैयाँले घटेर २८ लाख २ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ३९ लाख ८६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेकाे थियाे ।
त्यस्तै, संस्थाकाे चुक्ता पूँजी ९ करोड ३७ लाख रुपैयाँ, जगेडा कोषमा ५ करोड ५९ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी ९ रुपैयाँ ६३ पैसा र प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ६७ पैसा रहेकाे छ ।
संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।