Like us!
Follow us!

ज्योति लाइफ इन्स्योरेन्सको साधारण सभा आज : आइपिओ छिनोफानो हुँदै !!

ज्योति लाइफ इन्स्योरेन्सको साधारण सभा आज : आइपिओ छिनोफानो हुँदै !!

लगानी खबर, काठमाडौँ - ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे तेश्राे वार्षिक साधारण सभा आज (कार्तिक २६ गते , बुधबार) हुँदैछ ।

कम्पनीकाे कार्तिक २ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा कर्पोरेट कार्यालय, शान्ता प्लाजा, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११:३० बजेबाट सुरु हुनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

त्यसैगरी, सभामा धितोपत्र दर्ता गरी आइपिओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । कम्पनीले ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता आइपिओ निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे हाे । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f8d232fd821b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।