Like us!
Follow us!

प्रगतिको पथमा लम्कँदै अपि पावर : विद्युत बिक्री आम्दानी दोब्बर बढ्दा चम्किए अधिकांश सूचक (विवरणसहित)

प्रगतिको पथमा लम्कँदै अपि पावर : विद्युत बिक्री आम्दानी दोब्बर बढ्दा चम्किए अधिकांश सूचक (विवरणसहित)

लगानी खबर, काठमाडौँ - अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीकाे नाफासँगै अधिकांश सूचकमा चमक देखिएकाे छ ।

पहिलाे त्रैमासमा कम्पनीले १० करोड ६४ लाख १ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा १९५.९६ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले ३ करोड ५९ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

यसैगरी, पहिलाे त्रैमासमा कम्पनीले बिजुली बेचेर १४ करोड १२ लाख ५७ हजार रूपैयाँ आम्दानी गरेको छ । उक्त रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा १२१.२० प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर ६ करोड ३८ लाख ५७ हजार रुपैयाँ आम्दानी गरेको थियाे । 

असाेज मसान्तसम्ममा कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी २ लाख ९ हजार रुपैयाँबाट बढेर ६ करोड १७ लाख ७० हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ र जगेडा कोषमा २८ करोड ९२ लाख ९१ हजार रूपैयाँ रहेकाे छ । पहिलाे त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ६६ पैसाले बढेर ३५ रुपैयाँ ७४ पैसा पुगेकाे छ । कम्पनीकाे प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ३० पैसा रहेकाे छ । 

कम्पनीले सार्वजनिक गरेकाे पहिलाे त्रैमास​को वित्तीय विवरण यस प्रकारकाे छ :

5fab4341e1439.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।