Like us!
Follow us!

एनएमबि लघुवित्तको नाफा  १०४.४१% ले बढ्दा चम्किए अधिकांश सूचक !

एनएमबि लघुवित्तको नाफा  १०४.४१% ले बढ्दा चम्किए अधिकांश सूचक !

लगानी खबर, काठमाडौँ - एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार नाफासँगै संस्थाकाे अधिकांश सूचकमा चमक देखिएकाे छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा संस्थाले ३ करोड १२ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा १०४.४१ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

पहिलो त्रैमासमा संस्थाले ७ करोड ९३ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ३२.४० प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ५ करोड ९९ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

त्यसैगरी, पहिलो त्रैमासमा संस्थाले ४ करोड ९३ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेकाे छ । उक्त मुनाफा रकम गत वर्षकाे यसै अवधिकाे तुलनामा १०७.५३ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले २ करोड ३७ लाख रूपैयाँ सञ्चालन मुनाफा गरेकाे थियाे ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी ४५ करोड ३६ लाख १८ हजार रुपैयाँ, जगेडा कोषमा ३० करोड ३२ लाख ५६ हजार रुपैयाँ, प्रतिशेयर आम्दानी २७ रुपैयाँ ५५ पैसा र प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ ८५ पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

5faa6724eeda2.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।