Like us!
Follow us!

शेयर बजारमा उत्साह : दोहोरो अंकले बढेको बजारमा ४ अर्बभन्दा बढीको कारोबार !

शेयर बजारमा उत्साह : दोहोरो अंकले बढेको बजारमा ४ अर्बभन्दा बढीको कारोबार !

लगानी खबर, काठमाडौँ - आज (मंगलबार) शेयर बजारले उकालाे यात्रा तय गरेकाे छ । मंगलबार शेयर बजार दाेहाेराे अंकले बढेकाे छ ।

 नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक २५.९८ अंकले बढेर एक हजार ६७८.७९ मा पुगेकाे छ । नेप्से १.५७ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ५.०६ अंकले बढेर ३३०.३९ मा पुगेको छ ।

कूल १९६ वटा कम्पनीकाे ९६ लाख ५७ हजार ६ सय ७७ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ९ करोड ६१ लाख ९० हजार २ सय ५६ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये मंगलबार १० वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी २ वटा उपसमूहकाे शेयर मात्र घटेकाे छ ।

 हेराैं आजकाे शेयर तालिका :

5faa5cecc2acd.jpg 5faa5cf585083.jpg 5faa5cfc60be8.jpg 5faa5d02a1f8d.jpg 5faa5d0ac0507.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।