Like us!
Follow us!

ग्रीन भेन्चरले आइपिओ निष्कासन गर्न बिक्री प्रबन्धक नियुक्त गर्‍यो : ६२ करोडको आइपिओ आउँदै !

ग्रीन भेन्चरले आइपिओ निष्कासन गर्न बिक्री प्रबन्धक नियुक्त गर्‍यो : ६२ करोडको आइपिओ आउँदै !

लगानी खबर, काठमाडौँ - ग्रीन भेन्चर कम्पनी लिमिटेडले साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएकाे छ । 

कम्पनीले प्रति शेयर एक सय रूपैयाँ अंकित दरको ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्रीका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ  । साथै, नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई कम्पनीको शेयर रजिष्ट्रारमा नियुक्त गर्ने सम्झौता समेत गरिएको छ । 

उक्त सम्झाैता पत्रमा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र ग्रीन भेन्चर लिमिटेडको तर्फबाट सञ्चालक अध्यक्ष सुभाष चन्द्र संघईले हस्ताक्षर गरेका हुन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।