Like us!
Follow us!

समृद्धि फाइनान्सको हकप्रद बाँडफाँड !

समृद्धि फाइनान्सको हकप्रद बाँडफाँड !

लगानी खबर, काठमाडौँ - समृद्धि फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीहरूलाई असोज १६ गते शुक्रबारबाट कात्तिक ६ गते, बिहीबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे हकप्रद शेयर बाँडफाँड गरेकाे छ । फाइनान्सले १ बराबर २ को अनुपातमा ३६ करोड ३९ लाख ६० हजार ६ सय रूपैयाँ बराबरकाे ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद शेयर निष्कासन गरेकाे थियाे ।

उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने शेयरधनीहरूलाई संस्थाकाे हकप्रद निष्कासनकाे विभिन्न दफाहरूमा व्यवस्था गरिए अनुसार हिजाे (कार्तिक २४ गते, साेमबार) बाँडफाँड गरिएकाे बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडले जनाएकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5faa1e666ea1b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।