Like us!
Follow us!

कामना सेवाको नाफा ९७२.९५% ले बढ्दा चम्किए अधिकांश सूचक ! (विवरणसहित)

कामना सेवाको नाफा ९७२.९५% ले बढ्दा चम्किए अधिकांश सूचक ! (विवरणसहित)

लगानी खबर, काठमाडौँ - कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंककाे नाफा आकर्षक ढङ्गले बढेकाे छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले २० करोड १ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ९७२.९५ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले १ करोड ८६ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

पहिलो त्रैमासमा बैंकले ३८ करोड १५ लाख ७० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले २५ करोड १५ लाख ८७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे । त्यसैगरी, पहिलो त्रैमासमा बैंकले सञ्चालन मुनाफा पनि २ करोड ६२ लाख ५१ हजार रुपैयाँबाट बढाएर ८ करोड ४९ लाख १६ हजार रुपैयाँ पुर्याएकाे छ । बैंककाे गत वर्षको यसै अवधिमा ३ लाख ९२ हजार रुपैयाँ मात्र रहेको गैर सञ्चालन आम्दानी पनि यस वर्ष बढेर २० करोड ९ लाख ६३ जार रुपैयाँ पुगेको छ । खुद व्याज आम्दानी र सञ्चालन मुनाफा तथा गैर सञ्चालन आम्दानी बढेसँगै बैंककाे नाफा आकर्षक ढङ्गले बढ्न मद्दत पुगेकाे हाे ।

त्यस्तै, बैंककाे चुक्ता पूँजी २ अर्ब ५४ करोड १ लाख ९५ हजार रुपैयाँ, जगेडा कोषमा ५० करोड ३० लाख ४० हजार रुपैयाँ, प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ५१ पैसा र प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ६२ पैसा रहेकाे छ । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

5faa03e06dede.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।