Like us!
Follow us!

नेप्सेमा एनएलजी इन्स्योरेन्सको शेयरमूल्य समायाेजन

नेप्सेमा एनएलजी इन्स्योरेन्सको शेयरमूल्य समायाेजन

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडकाे बाेनस शेयरमा मूल्य समायाेजन भएकाे छ । 

कम्पनीकाे ७ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता ६६५ रुपैयाँ ४२ पैसा कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले साेमबारको अन्तिम कारोबार मूल्य ७१२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो।

कम्पनीकाे कार्तिक ५ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार १४औं वार्षिक साधारण सभा मंसिर ५ गते, शुक्रबार कम्पनीकाे  रजिष्टर्ड कार्यालय पानीपोखरी, काठमाडौंमा बिहान १० बजेबाट वेबिनार मार्फत सञ्चालन हुनेछ ।

त्यसैगरी, सभामा कम्पनीको श्रावण २३ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७५/०७६ सम्मको सञ्चित मूनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ७ प्रतिशतले हुन आउने ७ करोड १७ लाख २५ हजार ५ सय रूपैयाँ बराबरको बोनस शेयर  र कर प्रयोजनको लागि ०.३७ प्रतिशतले हुन आउने ३७ लाख ७५ हजार रूपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।