Like us!
Follow us!

सिटिजन्स बैंकका ग्राहकहरूले संगम स्विटस्मा छुट पाउने

सिटिजन्स बैंकका ग्राहकहरूले संगम स्विटस्मा छुट पाउने

लगानी खबर, काठमाडौँ - सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहकहरूले संगम स्विटस्मा १० प्रतिशत छुट पाउने भएका छन् । बैंकका ग्राहकहरूले संगम स्विटस्का काठमाडौं उपत्यका भित्रका कुनैपनि शाखाबाट मिठाई लगायतका सामाग्री खरिद गर्दा  १० प्रतिशत छुट पाउनेछन् ।

नजिकिँदै गरेको तिहारलाई लक्षित गरि ल्याइएको यो योजना बाट बैंकका ग्राहकहरू लाभान्वित हुने, विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरूबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।
     
                                                                       
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।