लगानी खबर, काठमाडौँ - हङकङको ख्यातिप्राप्त Wirease Remittance र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरू भएको छ । उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र Wirease Remittance को तर्फबाट निर्देशक ऋतु त्रिपाठीले हस्ताक्षर गरेका छन्।
यस सँगै अब हङकङमा रहेका नेपालीहरूले Wirease Remittance को सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् र नेपालमा सिटी एक्सप्रेससँग आवद्ध १० हजार भन्दा बढि एजेन्टहरूबाट सजिलै भुक्तानी लिन सकिने तथा नेपालको जुन सुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिनेछ ।
यसका साथै, यही नोभेम्बर ३० तारिक सम्म Wirease Remittance बाट सिटी एक्सप्रेस मार्फत गरिने बैंकिङ्ग कारोबार निःशुल्क गरिएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।