लगानी खबर, काठमाडौँ - कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ६० करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ४९.८९ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ४० करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।
पहिलो त्रैमासमा बैंकले १ अर्ब ३१ करोड ५६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ३९ करोड ७१ लाख ४७ हजार रूपैयाँले धेरै हाे । त्यसैगरी, पहिलो त्रैमासमा बैंकले ८६ करोड ५ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेकाे छ ।
त्यस्तै, बैंककाे चुक्ता पूँजी १२ अर्ब ५२ करोड ४९ हजार रुपैयाँ, जगेडा कोषमा ३ अर्ब ५९ करोड ४३ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी १९ रुपैयाँ २५ पैसा र प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ५ पैसा रहेकाे छ ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।