Like us!
Follow us!

कुलमानले छाडेका कुर्सीमा हितेन्द्रदेव शाक्य !

कुलमानले छाडेका कुर्सीमा हितेन्द्रदेव शाक्य !

लगानी खबर, काठमाडौँ - नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । ऊर्जा मन्त्रालयले बरिष्ठताका आधारमा प्राधिकरण कै उपकार्यकरी निर्देशक रहेका शाक्यलाई प्राधिकरणको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको हो । अब अर्को व्यवस्था नहुन्जेल शाक्यले नै प्राधिकरणको नेतृत्व सम्हाल्ने भएका छन् ।

शुक्रबार बसेको प्राधिकरणको संचालक समितिको बैठकमा प्राधिकरणका अध्यक्ष तथा उर्जा मन्त्री वर्षमान पुनले शाक्यलाई काजबाट फिर्ता बोलाई प्राधिकरण मै हाजिरी गराउन निर्देशन दिएका थिए ।

त्यसैगरी, कार्यकारी निर्देशक कुलमान घिसिङले अवकाश पाएपछि  उर्जा मन्त्रालयले लेखनाथ कोइरालालाई निमित्तको जिम्मा दिएको थियो । त्यतिबेला शाक्य प्राधिकरण कै सहायक कम्पनी  ‘एनईए इञ्जिनियरिङ कम्पनी’ मा काजमा गएका थिए । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।