Like us!
Follow us!

३५.३८% ले बढ्यो इन्फिनिटी लघुवित्तको नाफा, कस्ता छन् अरू सूचक ? (विवरणसहित)

३५.३८% ले बढ्यो इन्फिनिटी लघुवित्तको नाफा, कस्ता छन् अरू सूचक ? (विवरणसहित)

लगानी खबर, काठमाडौँ - इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार नाफासँगै संस्थाकाे अधिकांश सूचकमा चमक देखिएकाे छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा संस्थाले २ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा ३५.३८ प्रतिशत अर्थात ५६ लाख ९८ हजार रुपैयाँले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

पहिलो त्रैमासमा संस्थाले  ३ करोड ३० लाख ४४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा १५.७८ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ३ करोड ९२ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

त्यसैगरी, पहिलो त्रैमासमा संस्थाकाे सञ्चालन मुनाफा पनि २ करोड ५५ लाख रुपैयाँबाट घटेर २ करोड ३ लाख २० हजार रुपैयाँमा सीमित भएको छ । 

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी  २२ करोड ८१ लाख ४० हजार रुपैयाँ, जगेडा कोषमा १२ करोड २४ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी ३८ रुपैयाँ २३ पैसा र प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ६८ पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

5fa8e27ca6819.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।