लगानी खबर, काठमाडौँ - नेपाल राष्ट्र बैंकले १७ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
बैंकले २८ दिनकाे अवधिकाे लागि ५ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल मंसिर २३ गते परिपक्क हुनेछ । यसैगरी, बैंकले ९१ दिनकाे अवधिकाे लागि १० कराेड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७७ साल माघ २७ गते परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनकाे अवधिकाे लागि १२ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७८ साल वैशाख २८ गते परिपक्क हुनेछ ।
त्यसैगरी, आज (कार्तिक २४ गते, साेमबार) ३ बजे बोलकबाेल भएर भाेलि (कार्तिक २५ गते, मंगलबार) ट्रेजरी बिल बिक्री हुने बैंकले जनाएको छ ।
ट्रेजरी बिलकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।