Like us!
Follow us!

नेपाल क्लियरिङ हाउसको लिलामी शेयर भर्ने आज अन्तिम मौका !!

नेपाल क्लियरिङ हाउसको लिलामी शेयर भर्ने आज अन्तिम मौका !!

लगानी खबर, काठमाडौं – स्मार्ट च्वाइस टेक्नोलोजीको स्वामित्वमा रहेको  नेपाल क्लियरिङ हाउस लिमिटेडकाे लिलामी शेयरमा आवेदन दिने आज (कार्तिक २४ गते, साेमबार) अन्तिम दिन रहेकाे छ । कम्पनीले असोज २० गते मंगलबारबाट लिलाम बढाबढ गरी संस्थापक समूहकाे २ लाख ९८ हजार ८० कित्ता शेयर बिक्री खुल्ला गरेकाे थियाे ।

उक्त शेयरमा साविकका संस्थापक शेयरधनी वा नेपाल राष्ट्र बैंक बाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था वा सरकारी स्वामित्व रहेका विशेष ऐनद्वारा स्थापित संस्थाले आवेदन दिन सक्नेछन् ।

प्रतिकित्ता मूल्य कति ?

उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर ३ सय ५० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

कति दिने आवेदन ?

लगानीकर्ताले न्युनतम ५० हजार कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरुले मुक्तिनाथ क्यापिटल लिमिटेड, हात्तिसारमार्ग, कमलादी, काठमाडौंमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

 

 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।