Like us!
Follow us!

एभरेष्ट बैंकको नाफा ५१.५४% ले घट्यो, अन्य सूचक कस्ता ? (विवरणसहित)

एभरेष्ट बैंकको नाफा ५१.५४% ले घट्यो, अन्य सूचक कस्ता ? (विवरणसहित)

लगानी खबर, काठमाडौँ - एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ३३ करोड ४७ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ५१.५४ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ६९ करोड ८ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

पहिलो त्रैमासमा बैंकले १ अर्ब २ करोड ३२ लाख ९८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा  २८.५६ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले १ अर्ब ४३ करोड २५ लाख १९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

त्यसैगरी, पहिलो त्रैमासमा बैंककाे सञ्चालन नाफा पनि ५१.५४% ले घटेर ४७ करोड ८२ लाख ६३ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ९८ करोड ६९ लाख ९९ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेकाे थियाे ।

त्यस्तै, बैंककाे चुक्ता पूँजी ८ अर्ब ५१ करोड २ लाख रुपैयाँ, जगेडा कोषमा ८ अर्ब ७ करोड ९१ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी १५ रुपैयाँ ८१ पैसा र प्रतिशेयर नेटवर्थ २२३ रुपैयाँ ३२ पैसा रहेकाे छ । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

5fa8cc0e5d035.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।