Like us!
Follow us!

स्वावलम्बन लघुवित्तको नाफासँगै अधिकांश सूचकमा चमक ! (विवरणसहित)

स्वावलम्बन लघुवित्तको नाफासँगै अधिकांश सूचकमा चमक ! (विवरणसहित)

लगानी खबर, काठमाडौँ - स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार नाफासँगै संस्थाकाे अधिकांश सूचकमा चमक देखिएकाे छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा संस्थाले १२ करोड ७७ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा ५६ लाख ६४ हजार रुपैयाँले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १२ करोड २० लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

पहिलो त्रैमासमा संस्थाले ३२ करोड ६७ लाख १४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ६० लाख ४२ हजार रुपैयाँले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ३२ करोड ६ लाख ७२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

त्यसैगरी, पहिलो त्रैमासमा संस्थाकाे सञ्चालन मुनाफा पनि ८९ लाख ९१ हजार रुपैयाँले बढेर २० करोड २७ लाख १० हजार रुपैयाँ पुगेको छ ।  गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १९ कराेड ३७ लाख १९ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेकाे थियाे ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी ७९ करोड २३ लाख रुपैयाँ, जगेडा कोषमा एक अर्ब ६८ करोड ६७ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी ६४ रुपैयाँ ४७ पैसा र प्रतिशेयर नेटवर्थ ३१२ रुपैयाँ ८७ पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

5fa8a872e0834.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।