लगानी खबर, काठमाडौँ - शिवम सिमेन्ट लिमिटेडकाे पाचाैँ वार्षिक साधारण सभा आज (कार्तिक २४ गते, साेमबार) हुँदैछ ।
कम्पनीकाे असाेज २८ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे पाचाैँ वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट कम्पनीकाे कर्पाेरेट कार्यालय, अनामनगरकाे सभाहल, काठमाडाैँमा बिहान ११ बजेबाट सुरू हुनेछ ।
यसैगरी, सभाले कम्पनीकाे असाेज २८ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई २४.२१ प्रतिशतले हुन आउने १ अर्ब ६ करोड ५२ लाख ४० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरीनेछ ।
कम्पनीले साधारण सभा प्रयाेजनका लागि कार्तिक १३ गते, बिहीबार एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको थियाे । त्यसैले, कार्तिक १२ गते, बुधबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।