लगानी खबर, काठमाडौँ - मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले २२औं वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।
फाइनान्सकाे कार्तिक १९ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा मंसिर १९ गते, शुक्रबार, फाइनान्सकाे केन्द्रिय कार्यालय राजविराज, सप्तरीमा बिहान ११ बजेबाट सुरू हुनेछ ।
सभामा सञ्चालक समितिको प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६ असार मसान्तकाे लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमाेदन गर्ने, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।
त्यसैगरी, फाइनान्सले साधारण सभा प्रयोजनको लागि मंसिर ११ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेकाे छ । त्यसैले, मंसिर १० गतेसम्म कायम शेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्छन् ।
फाइनान्सले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।