लगानी खबर, काठमाडौँ - घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा संस्थाले ५ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्था २४ लाख ८७ हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।
पहिलो त्रैमासमा संस्थाले ४६ लाख ४० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा १६.५८ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ३९ लाख ९८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।
त्यसैगरी, पहिलो त्रैमासमा संस्था सञ्चालन घाटामा रहेको छ । गत वर्ष २ लाख ३४ हजार रुपैयाँ सञ्चालन नाफा गरेको संस्था हाल १ लाख ८२ हजार रुपैयाँ सञ्चालन घाटामा रहेको छ । संस्थाकाे चुक्ता पूँजी २ करोड ७६ लाख २५ हजार रुपैयाँ र जगेडा कोषमा १५ हजार रुपैयाँ रहेकाे छ ।
त्यस्तै, घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एक आपसमा गाभिने सम्बन्धि सहमति पत्रमा हस्ताक्षर गरेका छन् । त्यसैले, बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विनियमावली, २०७३ काे विनियम ६ (१) बमाेजिम घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर काराेबार आज (कार्तिक २३ गते, आइतबार) बाट राेक्का गरिएकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।