Like us!
Follow us!

शिवम् सिमेन्ट्सको साधारण सभा सोमबार हुँदै : शेयरधनीको हातमा २४.२१% लाभांश !

शिवम् सिमेन्ट्सको साधारण सभा सोमबार हुँदै : शेयरधनीको हातमा २४.२१% लाभांश !

लगानी खबर, काठमाडौँ - शिवम सिमेन्ट लिमिटेडकाे पाचाैँ वार्षिक साधारण सभा भाेलि (कार्तिक २४ गते, साेमबार) हुँदैछ ।

कम्पनीकाे असाेज २८ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे पाचाैँ वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट कम्पनीकाे कर्पाेरेट कार्यालय, अनामनगरकाे सभाहल, काठमाडाैँमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

यसैगरी, सभाले कम्पनीकाे असाेज २८ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार  आर्थिक वर्ष २०७६/०७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई २४.२१ प्रतिशतले हुन आउने १ अर्ब ६ करोड ५२ लाख ४० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरीनेछ ।

कम्पनीले साधारण सभा प्रयाेजनका लागि कार्तिक १३ गते, बिहीबार एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको थियाे । त्यसैले, कार्तिक १२ गते, बुधबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।