लगानी खबर, काठमाडौँ - साताकाे पहिलाे दिन आज (आइतबार) शेयर बजारले उकालाे यात्रा तय गरेकाे छ । आइतबार शेयर बजार दाेहाेराे अंकले बढेकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक १२.४९ अंकले बढेर एक हजार ६४८.५८ मा पुगेकाे छ । नेप्से ०.७६ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.५७ अंकले बढेर ३२५.९४ मा पुगेको छ ।
कूल १९८ वटा कम्पनीकाे एक कराेड ८ लाख ६३ हजार ४ सय ५६ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब ५२ करोड ६७ लाख ७७ हजार २ सय ६१ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज १० वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी २ वटा उपसमूहकाे शेयर मात्र घटेकाे छ ।
त्यसैगरी, आइतबार ६ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । हिमालयन डिष्टिलरी कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, दिव्यश्वरी हाइड्रोपावर लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड, यूनिभर्सल पावर कम्पनी लिमिटेड र सानिमा जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
हेराैं आजकाे शेयर तालिका :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।